अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आयोजना हुने भएको छ। सम्मेलनमा सहभागी हुन विदेशी प्रतिनिधिहरू नोभेम्बर १७ देखि नेपाल आउन थाल्नेछन्।
नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापनमा हुने सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्र तथा एसोसिएट सदस्य राष्ट्रका प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रका उच्चपदस्थ व्यक्तिहरू सहभागी हुनेछन्।
सम्मेलनमा एसियाली क्रिकेटको विकास, विस्तार, आपसी सहकार्य र खेललाई दीर्घकालीन रूपमा अघि बढाउने विषयमा छलफल हुनेछ। यसले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न र नेपालको क्रिकेटसम्बन्धी पहिचान थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा क्यानले गरेको छ।
सम्मेलनका लागि नेपाल आउने विदेशी प्रतिनिधिहरूले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का इलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्नेछन्।
आईसीसीको सम्मेलन र एनपीएलका निर्णायक खेल एकै समयमा पर्नुले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने तथा पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।










टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन