1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
७१औँ प्रहरी दिवस

प्रहरी दिवसमा बाराका दुई पत्रकार सम्मानित

प्रहरी दिवसमा बाराका दुई पत्रकार सम्मानित

कलैया | अपराध नियन्त्रण, शान्ति सुरक्षा र जनचेतना अभिवृद्धिमा पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै बाराका दुई सञ्चारकर्मी सम्मानित भएका छन्।

नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार कलैयामा आयोजना गरेको कार्यक्रममा साझेदारी राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक श्यामबाबु प्रसाद यादव र उज्यालो न्युज डटकमका सञ्चालक धीरेन्द्र तिवारीलाई कदरपत्रसहित सम्मान गरिएको हो।

अपराध रोकथाम तथा नियन्त्रण र समाजमा शान्ति सुरक्षा कायम गर्न पत्रकारितामार्फत इमानदारीपूर्वक योगदान पुर्‍याएको भन्दै यादवलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी र जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले संयुक्त रूपमा यादवलाई कदरपत्र प्रदान गरेका थिए।

कार्यक्रममा प्रहरी उपरीक्षक कुँवरले प्रहरी र सञ्चारकर्मीबीचको सहकार्यले आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गरे। उनले शान्ति सुरक्षा कायम गर्न र समाजमा जनचेतना फैलाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको पनि बताए।

प्रहरी र सञ्चारकर्मीबीचको समन्वयले अपराध नियन्त्रण, सुरक्षा व्यवस्था सुदृढ बनाउन र नागरिकलाई सचेत गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार