1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
सर्पदंश

बारा : सर्पले टोक्दा १० वर्षीया बालिकाको मृत्यु

समाचार सुन्नुहोस्

बारा :  सर्पले टोक्दा १० वर्षीया बालिकाको मृत्यु

कलैया । बाराको परवानीपुर गाउँपालिकामा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। परवानीपुर गाउँपालिका–५ नौतन टोलका मनोज साहकी १० वर्षीया छोरी सन्झना कुमारीको सर्पले टोकेपछि उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार राति करिब ११:५५ बजे आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा उनलाई नाम नखुलेको सर्पले टोकेको थियो। सर्पले टोकेपछि बिरामी परेकी बालिकालाई परिवारले उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याएका थिए।

अस्पतालमा उपचारका लागि लगिएकी बालिकालाई चिकित्सकले ईसीजी परीक्षणका क्रममा सोमबार राति १२:२९ बजे मृत घोषणा गरेका थिए। घटनाबारे अस्पतालमा खटिएका प्रहरी कर्मचारीमार्फत इलाका प्रहरी कार्यालय प्रसौनीलाई जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार प्रहरी सहायक निरीक्षक रामबालक साहको कमान्डमा टोली खटिएको थियो। बालिकाको शव नारायणी अस्पतालमै रहेको प्रहरीले जनाएको छ।

गर्मी तथा वर्षायामपछि सर्पदंशका घटना जोखिमपूर्ण हुन सक्ने भएकाले घरभित्र सुत्दा तथा आसपासको सरसफाइ गर्दा सावधानी अपनाउनु आवश्यक छ। सर्पले टोकेको शंका लागेमा झारफुक वा घरेलु उपचारमा समय नखर्ची तत्काल नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 1 जनाको प्रतिक्रिया

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN