बाराको कोल्हवी नगरपालिका–२, निकास टोलमा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार दिउँसो करिब ३:२५ बजे खेतको डिलमा अचेत अवस्थामा पुरुष रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले करिब ६० देखि ६२ वर्ष उमेरका ती पुरुषलाई उद्धार गरी प्रादेशिक अस्पताल कलैया पुर्याएको थियो। उपचारका क्रममा साँझ ५:२० बजे उनको मृत्यु भएको हो।
मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। उनको शव हाल प्रादेशिक अस्पताल कलैयामा राखिएको छ।
मृतकले सेतो र खैरो धर्का भएको सर्ट तथा सुन्तला रङको धोती लगाएका थिए। उनको घाँटीमा सेतो र हरियो धर्सा भएको गम्छा थियो। दाहिने हातको नाडीमा रातो धागो र साइँली औँलामा औँठी रहेको प्रहरीले जनाएको छ।
मृतकलाई चिन्ने व्यक्ति वा आफन्तलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। जानकारी दिनका लागि १००, ९८५५०४५१०१ वा ९८५५०४८१०१ मा फोन गर्न सकिनेछ।












बारामा सर्पको टोकाइबाट चार वर्षीय बालकको मृत्यु
ईभी भ्यान र केमिकल बोकेको ट्रक ठोक्किँदा बाराका १२ जना घाइते, एकको अवस्था गम्भीर
कलैया क्रिकेट क्लबको अध्यक्षमा अनिल चौगाईं सर्वसम्मत चयन
बाराको जितपुरसिमरामा कुलोमा पुरुषको शव फेला
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन