दसैं बिदापछि नेपाली बजारमा सुनको भाउमा ठूलो गिरावट आएको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि दसैं बिदाअघि अन्तिम कारोबार भएको सोमबार सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
दसैं बिदापछि बजार खुलेसँगै सुनको मूल्यमा एकैपटक ठूलो गिरावट देखिएको हो। अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनका आधारमा महासंघले नेपाली बजारमा सुनको नयाँ मूल्य निर्धारण गरेको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला २३० रुपैयाँले घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको छ। यसअघि चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।
दसैंपछि सुनचाँदीको मूल्यमा आएको यो गिरावटले गहना खरिद गर्ने तयारीमा रहेका उपभोक्ताको चासो बढाएको छ।











शुक्रबार सुन र चाँदीको मूल्यमा वृद्धि
४.१२ अंकले बढेर २५९९ को विन्दुमा, ४ अर्ब ७३ करोडको कारोबार
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन