1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
कलैया क्रिकेट क्लब

कलैया क्रिकेट क्लबको अध्यक्षमा अनिल चौगाईं सर्वसम्मत चयन

५८पाठक संख्या
२वास्तविक शेयर
६एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि २ views
समाचार सुन्नुहोस्

कलैया क्रिकेट क्लबको अध्यक्षमा अनिल चौगाईं सर्वसम्मत चयन

कलैया। कलैया क्रिकेट क्लबको ४७औँ साधारण सभाले अनिल चौगाईंलाई नयाँ अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। नयाँ नेतृत्व चयनसँगै क्लबले स्थानीय क्रिकेटको विकास र प्रवर्द्धनलाई थप गति दिने अपेक्षा गरिएको छ।

क्लबका निवर्तमान अध्यक्ष तसिरुद्दिन मन्सुरको अध्यक्षतामा सम्पन्न सभामा मधेस प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव शिवजी प्रसाद गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा बारा क्रिकेट सङ्घका अध्यक्ष प्रभात चौरसिया, पूर्व राष्ट्रिय कप्तान तथा क्रिकेट व्यक्तित्व बिनोद दाससहित खेलकुद क्षेत्रका प्रतिनिधि, क्लबका सदस्य, खेलाडी र सञ्चारकर्मीको उपस्थिति थियो।

सभामा क्लबका संस्थापक उपाध्यक्ष प्रभात चौरसियाले अध्यक्ष पदका लागि अनिल चौगाईंको नाम प्रस्ताव गरेका थिए। प्रस्ताव सर्वसम्मत रूपमा पारित भएपछि चौगाईं क्लबको नयाँ अध्यक्ष बनेका हुन्।

नयाँ नेतृत्व चयनसँगै निवर्तमान अध्यक्ष मन्सुरको कार्यकाललाई पनि कार्यक्रममा सम्मान गरिएको थियो। प्रमुख अतिथि गुप्ताले मन्सुरलाई नेपाली टोपी पहिराएर सफल कार्यकालका लागि धन्यवाद दिए। उनले नवनिर्वाचित अध्यक्ष चौगाईंलाई पनि टोपी लगाइदिँदै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

क्लबका खेलाडी, साधारण सदस्य तथा अतिथिहरूको सहभागितामा सम्पन्न सभा रात्रीभोजसँगै समापन भएको थियो। नयाँ कार्यसमितिले कलैयामा क्रिकेट गतिविधि विस्तार गर्न र स्थानीय खेलाडीलाई अघि बढाउन कस्तो भूमिका खेल्छ भन्ने चासो अब क्रिकेटप्रेमीमाझ रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 2 जनाको प्रतिक्रिया

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN