1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

एनपीएलमा चितवनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमको दोस्रो जित

८४पाठक संख्या
२वास्तविक शेयर
९एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ६ views
समाचार सुन्नुहोस्

एनपीएलमा चितवनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमको दोस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमका लागि ब्रेन्डन म्याकुलमले सर्वाधिक ४३ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। चितवनका रवि बोपाराले सर्वाधिक ४९ रनको योगदान दिए। सुदूरपश्चिमका स्कट कुगेलाइनले दुई विकेट लिए।

यस जितसँगै सुदूरपश्चिम रोयल्सले जारी प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १०६ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN