नेपाल प्रेस युनियनको स्थापना दिवस मनाउने

कलैया अनलाइन
पाठक संख्या : 83
1 मिनेट

नेपाल प्रेस युनियन बाराले युनियनको ३४ औ स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ।

नेपाल प्रेस युनियन बाराका अध्यक्ष शयामबाबु प्रसाद यादवको अध्यक्षतामा बसेको जिल्ला कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो। युनियनले दीप प्रज्वलन,अस्पतालका बिरामीलाई फलफुल बितरण र पत्रकारहरुको स्वास्थ्य परीक्षण लगायतको कार्यक्रम गर्ने निर्णय गरेको हो।

उक्त बैठकले अगामी जेठ १३ गते मंगलबार सांझ कलैया स्थित भरत चोकमा दीप प्रज्वलन,जेठ १६ गते शुक्रबार बिहान प्रादेशिक अस्पताल कलैयाका बिरामीलाई फलफूल बितरण र जेठ १८ गते आईतबार पत्रकारहरुको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरिएको हो ।

लोकतन्त्र प्रति आस्था राख्ने श्रमजिवी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनको स्थापना २०४८ जेठ १३ गते भएको हो।

शेयर