1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
ब्रेकिङ समाचार :
फेटामा तनाव : १० मोटरसाइकलमा आगजनी, गोली लागेर एक जना घाइते

गोली लागेर घाइते हुनेमा फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका छोरा अन्दाजी १८ वर्षीय आदित पासवान रहेका छन्। उनलाई पेटमा गोली लागेको बताइएको छ।

विस्तृत सूचना ↗

फेटामा तनाव : १० मोटरसाइकलमा आगजनी, गोली लागेर एक जना घाइते

१५८पाठक संख्या
१०वास्तविक शेयर
२४एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि २ views
समाचार सुन्नुहोस्

फेटामा तनाव : १० मोटरसाइकलमा आगजनी, गोली लागेर एक जना घाइते

बारा । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित आधारभूत स्वास्थ्य कार्यालयको उद्घाटनलाई लिएर भएको विरोध प्रदर्शन उग्र बनेपछि क्षेत्र तनावग्रस्त भएको छ। घटनाका क्रममा १० वटा मोटरसाइकलमा आगजनी गरिएको छ भने गोली प्रहारबाट एक जना  घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

१५ शय्याको अस्पतालमा विद्युत् जडान तथा आवश्यक पूर्वाधार निर्माणको काम पूरा नहुँदै उद्घाटन गर्न लागिएको भन्दै स्थानीयवासीले विरोध गरेका थिए। अस्पताल सञ्चालनका लागि आवश्यक संरचना र सेवा सुविधा सुनिश्चित नगरी उद्घाटन गर्न खोजिएको उनीहरूको असन्तुष्टि थियो।

उद्घाटन कार्यक्रमलाई लिएर सुरु भएको विरोध प्रदर्शनले उग्र रूप लिएपछि घटनास्थलमा तनाव सिर्जना भएको हो। प्रदर्शनका क्रममा मोटरसाइकलमा आगजनी भएको र गोलीसमेत प्रहार भएको जानकारी प्राप्त भएको छ । 

गोली लागेर गम्भीर घाइते भएका व्यक्तिको पहिचान तथा गोली प्रहार गर्ने व्यक्तिबारे विस्तृत विवरण सार्वजनिक भएको छैन। घटनामा संलग्न पक्षको पहिचानसमेत खुल्न बाँकी छ।

घटनापछि फेटा गाउँपालिका–३ को अवस्था तनावपूर्ण बनेको छ। आगजनीबाट भएको क्षति, घाइतेको अवस्थालगायत घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ। घटनाबारे आधिकारिक पुष्टि पनि हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 1 जनाको प्रतिक्रिया
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १०० प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN