काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न केन्द्रीय निर्देशन समितिसहित १५ वटा समिति गठन गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशनको तयारी, व्यवस्थापन, समन्वय तथा सहजीकरणका लागि विभिन्न विषयगत समिति गठन गरिएको हो।
महाधिवेशन व्यवस्थापनसँग सम्बन्धित नीतिगत निर्णय लिन तथा गठित विभिन्न समितिका कामको अनुगमन र सहजीकरण गर्न सभापति गगनकुमार थापाको संयोजकत्वमा १५औँ महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरिएको छ।
निर्देशन समितिमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा केन्द्रीय सदस्यहरू महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी सदस्य छन्। समितिको सदस्यसचिवमा प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेललाई तोकिएको छ।
कांग्रेसले महाधिवेशनका विभिन्न पक्ष व्यवस्थापन गर्न निम्न विषयगत समितिसमेत गठन गरेको छ:
आर्थिक व्यवस्थापन समिति — संयोजक: कोषाध्यक्ष उमेश श्रेष्ठ
सूचना, सञ्चार तथा प्रविधि समिति — संयोजक: प्रवक्ता देवराज चालिसे
सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समिति — संयोजक: उदयशमशेर राणा
अतिथि स्वागत समिति — संयोजक: सहमहामन्त्री डा. डिला संग्रौला पन्त
प्रदेश तथा स्थानीय तहगत समन्वय समिति — संयोजक: सहमहामन्त्री बहादुरसिंह लामा
समारोह स्थल व्यवस्थापन समिति — संयोजक: काठमाडौं जिल्ला सभापति
ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समिति — संयोजक: सुधीर शिवाकोटी
स्वयंसेवक व्यवस्थापन समिति — संयोजक: केन्द्रीय सदस्य गणेश लामा
भोजन व्यवस्थापन समिति — संयोजक: केन्द्रीय सदस्य तिलक रानाभाट
आवास व्यवस्थापन समिति — संयोजक: केन्द्रीय सदस्य रमेशप्रसाद धमला
स्वास्थ्य समिति — संयोजक: केन्द्रीय सदस्य डा. केदारनरसिंह केसी
यातायात व्यवस्थापन समिति — संयोजक: केन्द्रीय सदस्य विजयबहादुर स्वाँर
सांस्कृतिक–साहित्यिक संयोजन समिति — संयोजक: केन्द्रीय सदस्य सीता गुरुङ।
सूचना, सञ्चार तथा प्रविधि समितिमा केन्द्रीय सदस्यहरू हरिशरण नेपाली, अजयबाबु शिवाकोटी, डा. सुरेश आचार्य, शिव लम्साल, अनिता विन्दु, मोहन गजुरेल र शशाङ्कश्री न्यौपाने सदस्य छन्। सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिमा नानु वास्तोला, प्रकाश पन्थ, मुना भुसाल, निपा चोखाल, ममता शर्मा, जानकी गुरुङ र डा. संगिता कार्की कुँवरलगायत सदस्य रहने व्यवस्था गरिएको छ।
सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रतिनिधिसहित प्रत्येक प्रदेशबाट प्रदेश सभापतिको परामर्शमा एक–एक जना सदस्य रहने व्यवस्था गरिएको छ।
त्यस्तै, सांस्कृतिक–साहित्यिक संयोजन समितिमा नेपाल सांस्कृतिक महासंघ र नेपाली लेखक संघका अध्यक्षसहित दुर्गा रायमाझी, प्रकाश लामिछाने र विपिन किरण सदस्य रहेका छन्।
यसैबीच कांग्रेसले विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई सदस्यका रूपमा मनोनयन गरेको छ। यसअघि नै भदौ १ गतेको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिसकेको थियो।
नेपाली कांग्रेसको आधिकारिक जानकारीअनुसार १५औँ महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म हुने कार्यक्रम छ। महाधिवेशनअन्तर्गत वडा तथा पालिका तहका अधिवेशनहरू अघि बढिसकेका छन्।
कांग्रेसले नवगठित सबै समितिले आ–आफ्नो जिम्मेवारीअनुसार काम सुरु गर्ने र आपसी समन्वयमार्फत १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने जनाएको छ।


वड़ाध्यक्षद्वारा भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो तथा सिलिन्डर वितरण
जीतपुरमा ८० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
देउवा समूहद्वारा देशभर केन्द्रीय प्रतिनिधि खटियो (सूचीसहित) देउवा समूहद्वारा देशभर केन्द्रीय प्रतिनिधि खटियो (सूचीसहित)
एसियन गेम्सः अफगानिस्तानमाथि नेपालको प्रभावशाली जित
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन