महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत जटिल प्रसूति समस्या भएकी एक महिलाको समयमै सफल उद्धार गरिएको छ।
मन्त्रालयका अनुसार आश्विन ८ गते रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ निवासी ३३ वर्षीया महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप तथा विशेषज्ञ उपचारका लागि हवाई माध्यमबाट तत्काल सुर्खेत पुर्याइएको हो।
स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएपछि ती महिलाको ज्यान जोखिममा पर्न नदिन मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुरक्षित रूपमा पायक पर्ने र सुविधासम्पन्न स्वास्थ्य संस्थासम्म पुर्याउने उद्देश्यले मन्त्रालयले यो नि:शुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
जोखिममा रहेका गर्भवती र सुत्केरी महिलाहरूको स्वास्थ्य अवस्था र आवश्यकतालाई प्राथमिकतामा राखी हवाई उद्धार गरी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको मन्त्रालयले जनाएको छ।


देउवा समूहद्वारा देशभर केन्द्रीय प्रतिनिधि खटियो (सूचीसहित) देउवा समूहद्वारा देशभर केन्द्रीय प्रतिनिधि खटियो (सूचीसहित)
एसियन गेम्सः अफगानिस्तानमाथि नेपालको प्रभावशाली जित
सक्रिय राजनीतिमा विद्या भण्डारी: एमालेको बदलिँदो समीकरण र ओलीको रणनीतिक चाप
पृथ्वी राजमार्गका सात स्थानमा पहिरो, दुई ठाउँमा सडक पूर्ण अवरुद्ध
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन