बारा जिल्लाको क्षेत्र नं. ४ अन्तर्गत बिश्रामपुर गाउँपालिका-१ का विभिन्न टोलहरूमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्यामबाबु गुप्ताको चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम अन्तर्गत छतवा, कैलानपुर, निमुवा, घोडासह र खेखारिया टोलका स्थानीय मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरी उहाँले पार्टीको रुख चिन्हमा मतदान गर्न अपील गरेका छन । गुप्ताले लोकतन्त्रलाई सुदृढ बनाउँदै क्षेत्रको विकास र समृद्धिलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।
"रुख चिन्हमा मतदान गरी लोकतन्त्र र विकासलाई बलियो बनाऔँ। जय नेपाल" भन्दै उम्मेदवार गुप्ताले मतदाताहरूलाई आह्वान गरेका छन । नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ को यो अभियानले स्थानीय स्तरमा पार्टीको सक्रियता बढाएको छ।
श्यामबाबु गुप्ता युवा तथा समाजसेवी नेता हुन, जसले तरुण दलदेखि नेपाली कांग्रेसको मूल राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। गुप्ताले पार्टी संगठन सुदृढीकरणमा योगदान पुर्याएका छन् र स्थानीय तहमा लोकप्रिय छवि बनाएका छन । यस क्षेत्रमा उहाँले पूर्वमन्त्री किसान श्रेष्ठ (नेकपा एमाले), अजय कुशवाहा (नेकपा), रहबर अन्सारी (रास्वपा) लगायत अन्य उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्दैछन ।
