रविदास जयन्तीका अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा

प्रतिक्रियाहरु · 309 - पाठक संख्या

Public holiday in Madhesh Province on the occasion of Ravidas Jayanti

मधेश प्रदेश सरकारले रविदास जयन्तीको  अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेश प्रदेशद्वारा प्रकाशित सूचनाअनुसार प्रदेश मन्त्रिपरिषद्को २०८२ साल पुस १६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्तीको अवसर पारेर समुदायको सम्मानस्वरूप बिदा दिइएको जनाइएको छ।

सूचनामा उल्लेख भएअनुसार मिति २०८२ साल माघ १५ गते आइतबार मधेश प्रदेशभर सार्वजनिक बिदा रहनेछ। सो दिन प्रदेश अन्तर्गतका सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु बन्द रहनेछन्।

प्रतिक्रियाहरु