बारा ३ मा जनमत पार्टीका उम्मेद्वार प्रमोद गुप्ताको घरदैलो अभियान तीव्र, व्यापक जनसमर्थन बढे

In Bara 3, Janmat Party candidate Pramod Gupta's door-to-door campaign intensified, garnering widespread public support.

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जनमत पार्टी बारा निर्वाचन क्षेत्र नं. ३ का उम्मेद्वार प्रमोद गुप्ताले विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

गुप्ताले भौरा, पिप्राढी लगायतका विभिन्न गाउँ तथा बस्तीमा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै आशीर्वाद मागेका हुन्। घरदैलो क्रममा उनले जनताको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै आफू निर्वाचित भए जनमुखी विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको घरदैलोमा स्थानिय नागरिकहरुको व्यापक सहभागिताले जनमत पार्टिको लोकपृयतालाई थप मजबुती दिएको छ।

स्थानीयवासीसँगको संवादमा गुप्ताले शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्। घरदैलो कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता देखिएको थियो।

जनमत पार्टीका उम्मेद्वार गुप्ताको घरदैलो अभियानले क्षेत्रमा चुनावी माहोल थप सक्रिय बन्दै गएको देखिन्छ।

घरदैलो कार्यक्रममा जनमत पार्टिका नेताहरु पारस प्रसाद साह, शिवनाथ पटेल, द्वारीका यादव, संतोष पटेल, किशमती देवी राम लगायतको सहभागिता रहेको थियो।


Kalaiya Online

28 News posts

Comments