साउदी अरबको पूर्वी क्षेत्र दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। साउदी नागरिक उड्डयन प्राधिकरणले बुधबार साँझ भएको घटनाको पुष्टि गरेको हो।
प्राधिकरणका अनुसार घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको छ भने केही गम्भीर घाइते भएका छन्। आक्रमणबाट विमानस्थलमा भएको भौतिक क्षतिको विवरण संकलन भइरहेको छ। घटनामा आक्रमणकारीले कुन माध्यम प्रयोग गरेका थिए भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन।
यसैबीच, साउदी अरबमा बढ्दो सुरक्षा जोखिमलाई ध्यानमा राख्दै अमेरिकाले आफ्नो दूतावासमा कार्यरत गैरअत्यावश्यक कर्मचारी र उनीहरूका परिवारलाई देश छाड्न निर्देशन दिएको छ। यमनका हुथी विद्रोहीले साउदीका विभिन्न क्षेत्रमा आक्रमण तीव्र पारेपछि अमेरिकाले यस्तो निर्णय लिएको समाचारमा उल्लेख छ।
साउदी अरबको प्रमुख तेल उत्पादन केन्द्र शैबा तेल खानीमा भएको अर्को आक्रमणमा एक भारतीय नागरिक घाइते भएका छन्। साउदीस्थित भारतीय दूतावासले घटनाबारे जानकारी दिँदै घाइतेको उपचार तथा आवश्यक सहयोगका लागि साउदी अधिकारीहरूसँग समन्वय भइरहेको जनाएको छ।
यसअघि पनि साउदीको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणका प्रयास भएका थिए। अक्टोबर २० मा रियादतर्फ प्रहार गरिएको मिसाइललाई साउदी सेनाले आकाशमै निष्क्रिय पारेको समाचारमा उल्लेख छ।











हुतिको मिसाइल र ड्रोन आक्रमणले साउदीमा त्रास, सुरक्षा चुनौती बढेपछि बेलायतले पठायो लडाकु विमान
साउदी अरेबियामा दुई बंगलादेशीलाई मृत्युदण्ड, ढाकाले माग्यो स्पष्टीकरण
फ्रान्ससहित युरोपका विभिन्न देशमा हिंसा, प्रहरी र प्रदर्शनकारीबीच झडप
कोलकाताको दुर्गा पण्डालमा भागदौड, दुई बालबालिकासहित १९ जनाको मृत्यु
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन