⚙️ व्यवस्थापन

रेशम चौधरीको माफीमिनाहा सर्वोच्चद्वारा सदर

अक्षर आकार
यो समाचार English | हिन्दी | Arabic मा पढ्नुहोस्

रेशम चौधरीको माफीमिनाहा सर्वोच्चद्वारा सदर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिइएको माफीमिनाहाको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ।

न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले मंगलबार माफीमिनाहा असंवैधानिक भएको दाबी गर्दै दायर गरिएको रिट खारेज गरेको हो।

२०७२ सालको टीकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरीलाई तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा बाँकी कैद मिनाहा गरेका थिए।

उक्त निर्णयविरुद्ध टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। रिट खारेज भएसँगै चौधरीको माफीमिनाहा निर्णयले कानुनी वैधता पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जम्मा 3 जनाको प्रतिक्रिया

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार

👥सामाजिक