News

नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न कांग्रेसको माग

नेपाली कांग्रेसकी सांसद बासना थापाले नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न माग गरेकी छिन्।

प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने टिप्पणी गरेपछि उनले यस्तो माग गरेकी हुन्।

उनले भनिन्, ‘प्रधानमन्त्रीले पनि नेपालले भारतको भूमि मिचेको भन्नुभयो, कहाँ मिचिएको हो ? अवगत गराउनुपर्यो। यो विषय गम्भीर र आपत्तिजनक छ। प्रधानमन्त्रीले तथ्यबिना दुई देशको सीमाबारे बोलेको कुरा सत्य हो भने राखिनुपर्‍यो, यो कुरा सही होइन भने रेकर्डबाट हटायोस् भन्ने माग गर्न चाहन्छु।’

प्रधानमन्त्रीको कुरा सही नभएकाले रेकर्डबाट हटाउन पनि उनको माग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button