⚙️ व्यवस्थापन

एमाले केन्द्रीय कमिटी बैठक जारी, सचिवालय बैठक बिहीबारलाई सर्‍यो

अक्षर आकार

एमाले केन्द्रीय कमिटी बैठक जारी, सचिवालय बैठक बिहीबारलाई सर्‍यो
नेकपा (एमाले)को असोज ५ गतेदेखि ललितपुरको भनीमण्डलस्थित रामबाग महलमा जारी तेस्रो केन्द्रीय कमिटी बैठकअन्तर्गत आज (बुधबार) बिहान ८ बजेदेखि सुरु हुने सत्रमा बोल्न बाँकी केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्दै छन्।

बैठकका क्रममा आजै बस्ने भनिएको पार्टीको शीर्ष सचिवालय बैठक भने भोलिका लागि सारिएको छ।

अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, पार्टीको आगामी साङ्गठनिक दिशा, चुनावी समीक्षा तथा समसामयिक राजनीतिक विषयमाथि सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। केन्द्रीय सदस्यहरूलाई आफ्नो विचार व्यक्त गर्नका लागि ३ मिनेटको समय सीमा तोकिएको छ।

यस बैठकमा अध्यक्षको प्रतिवेदनबाहेक केन्द्रीय कमिटीमा सदस्य मनोयन, विभागहरूको गठन, पोलिटब्युरो तथा स्थायी कमिटीको खाका तयार गर्ने, केन्द्रीय सल्लाहाकार परिषद र अनुशासन आयोग गठनसहितका मुख्य एजेन्डाहरूमाथि पनि छलफल भइरहेको छ।

एमाले स्रोतका अनुसार भोलि बस्ने सचिवालय बैठकले पोलिटब्युरो, स्थायी कमिटी र विभागहरूलगायतका कमिटीहरूमा नेताहरूको जिम्मेवारी बाँडफाँट तथा निर्णयको अन्तिम खाका तयार पार्नेछ। त्यसलगत्तै भोलि नै केन्द्रीय कमिटी बैठक औपचारिक रूपमा समापन गर्ने एमालेको तयारी छ।

नेकपा (एमाले) को जारी तेस्रो केन्द्रीय कमिटी बैठकमा सांगठनिक संरचना निर्माण, नेतृत्व व्यवस्थापन र समसामयिक राजनीतिसँग सम्बन्धित मुख्य ९ वटा एजेन्डाहरू माथि छलफल तथा निर्णय हुँदैछ।

-अध्यक्षको राजनीतिक प्रतिवेदन:

अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत समसामयिक राजनीतिक परिस्थिति, पार्टीको भूमिका, चुनावी समीक्षा र आगामी कार्यदिशा समेटिएको राजनीतिक प्रतिवेदनमाथि विस्तृत छलफल र पारित गर्ने एजेन्डा रहेको छ।

-केन्द्रीय कमिटीमा सदस्य मनोनयन:

पार्टीको विधान बमोजिम केन्द्रीय कमिटीमा रिक्त रहेका वा थप्नुपर्ने सदस्यहरूको मनोनयन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने।

-केन्द्रीय विभागहरूको गठन:

पार्टीका ३३ भन्दा बढी केन्द्रीय विभागहरूमा प्रमुख, उपप्रमुख र सदस्यहरूको जिम्मेवारी तोकी विभागहरूलाई पूर्णता दिने र कामलाई व्यवस्थित बनाउने।

-पोलिटब्युरो गठन:

केन्द्रीय कमिटीका सदस्यहरू मध्यबाट पार्टीको दैनिक सांगठनिक तथा राजनीतिक निर्णयहरूमा सघाउन पोलिटब्युरो कमिटीको चयन तथा गठन गर्ने।

-स्थायी कमिटी गठन:

पार्टीको महत्त्वपूर्ण कार्यकारी निकायको रूपमा रहने स्थायी कमिटीका सदस्यहरूको चयन गरी कमिटीलाई अन्तिम रूप दिने।

-केन्द्रीय सल्लाहकार परिषद गठन:

अनुभवी तथा ज्येष्ठ नेताहरूलाई समेटेर पार्टीलाई आवश्यक सल्लाह र मार्गदर्शन प्रदान गर्न केन्द्रीय सल्लाहकार परिषद गठन गर्ने।

-जेष्ठ कम्युनिस्ट मञ्च गठन:

कम्युनिस्ट आन्दोलनमा दीर्घ योगदान पुर्‍याएका ज्येष्ठ नेताहरूको सम्मान र परामर्शका लागि ज्येष्ठ कम्युनिस्ट मञ्च निर्माण गर्ने।

-अनुशासन आयोग (तथा अन्य आयोग) गठन:

पार्टीभित्रको अनुशासन कायम राख्न, आर्थिक पारदर्शिता र लेखा परीक्षणलाई चुस्त बनाउन केन्द्रीय अनुशासन आयोगलगायतका निकायहरूलाई पूर्णता दिने।

-समसामयिक राजनीतिक विषयहरू:

देशको विद्यमान आर्थिक अवस्था, सङ्घीयता तथा संविधान कार्यान्वयनका चुनौती, आगामी निर्वाचनको तयारी र समसामयिक राष्ट्रिय-अन्तर्राष्ट्रिय मुद्दाहरूमा पार्टीको आधिकारिक धारणा तय गर्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार

👬सामाजिक