वीरगञ्जस्थित गहवामाई मन्दिर दशैँको अवसरमा झिलिमिली बत्ती र आकर्षक सजावटले झकिझकाउ बनेको छ। मन्दिरमा दर्शन तथा पूजाआजाका लागि भक्तजनको भीड बढेसँगै सिंगो क्षेत्र भक्तिमय र उल्लासमय बनेको छ।