साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो। त्यस्तै, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४९ हजार ४८५ रुपैयाँ तोकिएको छ।
चाँदीको मूल्यमा पनि आज उल्लेख्य गिरावट देखिएको छ। चाँदी आज तोलामा २७० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७१० रुपैयाँमा झरेको छ। हिजो बिहीबार चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो। आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ३८ रुपैयाँ कायम गरिएको छ।
