बारा क्षेत्र नं.३ मा प्रमोद गुप्ताको लहर, घर्दैलोमा आपार जनसमर्थन पाउदै

Pramod Gupta's wave in Bara Constituency No. 3, receiving immense public support from door to door

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा जनमत पार्टी बारा क्षेत्र नं. ३ का उम्मेद्वार प्रमोद गुप्ताले चुनावी अभियानलाई तीव्र बनाएका छन्। गुप्ताले क्षेत्रका आमाडार, खेस्रौल लगायतका विभिन्न स्थानमा घरदैलो कार्यक्रम गर्दै मतदातासँग भेटघाट तथा आशिर्वाद लिएका हुन्।

घरदैलोका क्रममा गुप्ताले जनताको समस्या, गुनासा र अपेक्षा सुन्दै आफू निर्वाचित भए विकास र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनले जनमत पार्टीको नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए।

यसैक्रममा गुप्ताले कलैया उपमहानगरपालिका वडा नं. ११ मा निर्वाचन प्रचार कार्यालयको उद्घाटनसमेत गरेका छन्। प्रचार कार्यालय उद्घाटनसँगै उक्त वडामा चुनावी गतिविधि थप सशक्त हुने जनमत पार्टीले जनाएको छ। 

घरदैलोमा स्थानिय नागरिकको आपार जन्सहभागिताले गुप्ताप्रतीको जनसमर्थन बढ्दै गएको पाईएको छ। घरदैलोमा जनमत पार्टिका नेताहरु शिवनाथ पटेल, किशमती देवी राम, द्वारीका प्रसाद यादव संतोष पटेल, बिनोद यादव, सुजित पाण्डेय लगायत अन्य नेता कार्यकर्ता समेत सहभागी रहेका थिए।


Kalaiya Online

28 News posts

Comments