नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले राजीनामा दिएका छन् ।

मंगलबार आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले समूहिक राजीनामा दिएका हुन् ।

कर्णाली प्रदेशमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको हो ।

आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद छन् ।

जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया