Corona Update Nepal

नेपालमा पछिल्लो २४ घण्टामा देशभर २६० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४७० पुगेको छ ।

यस्तै, बितेको २४ घण्टामा ११३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७३ हजार ४५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मंगलबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको शुन्य रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ०३६ रहेको छ ।

आज ४ हजार २ सय ४३ जनाको पिसिआर परिक्षण गरिएको थियो।

यस्तै, हिजो नेपालमा २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया