१५ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरी फरार रहेका एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ ।
भारत बिहार मोतिहारी जिल्ला थाना आदापुर औरहियाको जमुनभरा घर भई हाल धादिङ्को बेनिघाट रोराङ् गाउँपालिका वडा न. ३ मलेखुमा बस्दै आएका २५ वर्षीय सन्तयाज हवारीले धादिङ् गजुरीकी १५ वर्षीय किशोरीलाई कोठाभित्र पसेर जवर्जस्ती करणी गरी फरार रहेका थिए ।
इलाका प्रहरी कार्यालय गजुरी धादिङ्बाट प्राप्त सूचनाको आधारमा खोजी गर्ने क्रममा बाराको देवताल गाउँपालिका वडा न. ७ पिपरपातीमा लुकिछिपी बसीरहेको अवस्थामा बारा प्रहरीले फेला पारेको हो ।
पक्राउ परेका हवारीलाई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय गजुरी धादिङ् पठाइएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक गौतम मिश्राले जानकारी दिए ।