भारतीय अभिनेता रजनीकान्तलाई दादा साहेब फाल्के पुरस्कारबाट सम्मानित गरिने भएको छ ।
भारतका सूचना तथा प्रशारण मन्त्री प्रकाश जावडेकरले ट्वीट गरेर सन् २०१९ को दादा साहेब फाल्के अवार्ड प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
भारतीय चलचित्र क्षेत्रमा गरेको योगदानका लागि दिइने सबैभन्दा सर्वोच्च सम्मानका रुपमा दादा साहेब फाल्के पुरस्कारलाई लिइन्छ ।
आशा भोसले, सुभाष घई, मोहनलाल, शंकर महादेव र विश्वजीन चटर्जी रहेको जुरीले सर्वसम्मत रुपमा दक्षिण भारतीय अभिनेता रजनीकान्तलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कार आउँदो मे ३ मा प्रदान गरिने छ ।