नवलपरासी घर भई विगत १६ वर्ष देखि विरगज महानगरपालिका वडा नम्वर ५ जेलरोडमा डेरा गरि बस्दै आएकी ९ वर्षिय पुजा कुमारी सिहलाई होलीको दिन अटोरिक्साले ठक्कर दिदा पुर्ण रुपमा घाईते छिन ।

उनको हात, खुटा, शरिर भरि गम्भिर चोट लागेको छ । उनि विरगजको नारायणी उपक्षेत्रिय अस्पतालको बेड नम्वर एक सय २३ मा उपचार बिना छटपटाई रहेकि छिन ।

सानै उमेरमा बाबुले संसारमा एक्लै छोडेर गएको बेला आमा चन्दा कुमारी सिहले अरुको घरमा भाडा सफागरि गुजारा चलाउदै आएकी थिईन । होली उनको लागि काल सवित भयो । होली खेलिरहेको अवस्थामा नै एक्कासी अटोरिक्सा अनियन्त्रित भई उनलाई च्यापेको थियो ।

अटोरिक्सा र चालक दुवै विर्ता प्रहरीको नियन्त्रणमा छन् । विर्ता प्रहरीका अनुसार चालक मादक पदार्थ सेवन गरेको हुन सक्ने भएकोले नै दुर्घटना हुन सक्ने जानकारी गराएका छन् ।

गम्भिर अवस्थामा देखेपछि उनको छिमेकी पर्ने कृष्ण खनालले उनलाई तुरुन्त अस्पताल पुर्याएका थिए । घटना घटेको दिन देखि निरन्तर घाईते सिहको सहयोगमा खनाल रहेका छन् ।

नरायणी अस्पतालले यस्तो गरिव असाहयको सहयोग गर्नुको सटा झन दुख दिएको खनालले आरोप समेत लगाएका छन् । यस्तो गम्भिर अवस्थाको विरामीको उपचारमा हेलचेक्राई गरेको उनले बताए । घाईतेकी आमा रुदै कलैयाअनलाईनसँग सहयोगको वातावरण बनाईदिन आग्रह गरेकी छिन् ।

उनको मोवाईल नम्वर ९८६०८०९९८६ यति रहेको छ । सहयोग गर्ने जोसुकैले सिधा सम्पर्क गरि सहयोग गर्न अनुरोध समेत गरेको छ ।