orphan house

नेकपा माओबादी केन्द्रका जिल्ला समिती सदस्यहरु द्वारा कलैया ४ स्थित अमृता अनाथ आश्रममा रहेका बालबलिकाको लागि होलीको अवसरमा सहयोग गरिएको छ ।

आश्रममा रहेका बालबालिकाहरुको लागि होलि सामाग्री र खद्दान समाग्री वितरण गरिएको हो । अनाथ आश्रममा रहेका बालबालिकाको कोहि नभएको अवस्थामा यस्ता सहयोगीहरुको सहयोगले अनाथ आश्रम चलिरहेको छ ।

सो कार्यक्रममा पुर्व सभासद सिवचन्द्र कुशवाहा जिल्ला समिति सदस्य तथा कलैया उपमहानगरपालिका वडा न. ३ का वडाध्यक्ष जलालुदिन मन्सुर, वडा नम्वर २३ का विक्रम साह, नेता डाक्टर सुशील साह, उमेश यादव, हसनजान अन्सारी, पशुराम चौधरी, मिना सिङ्ग,नेता प्रमोद तिमल्सिना, सुनिल कुश्वाहा, अम्बिका पटेल, सौखत मन्सुर,अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य दिनेश यादव लगायत स्थानीय कार्यकर्ताको उपस्थिति रहेको थियो ।