प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुको सपथ आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा राखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । सपथग्रहण दिउँसो १ बजे हुँदै छ ।

मुख्यमन्त्रि राईले विस्तार गरेका मन्त्रीहरुको सूची यस्तो छ:

नवनियुक्त मन्त्रीहरुमा

आर्थिक मामिला तथा योजना मन्त्रालय- टंक आङबोहाङ

सामाजिक विकास मन्त्रालय- उषाकला राई

भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री- राम राना

भौतिक पूर्वाधार राज्यमन्त्री- अम्बिरबाबु गुरुङ

राज्यमन्त्री- कला घले र राजकुमार ओझा

नवनियुक्त मन्त्रीहरुमा साबिकको नेकपाको विवादमा प्रचण्ड-माधव पक्ष छाडेर अध्यक्ष केपी शर्मा ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेएको छ।