gold price

नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ ।

अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा प्रति तोला ६०० रुपैयाँ घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार, शुक्रवार छापावाल सुन प्रतितोला ८६ हजार ३०० रुपैयाँ कायम भएकाेे छ ।

अघिल्लो दिन यस्तो सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, शुक्रवार तेजाबी सुनको मूल्य प्रति तोला ८५ हजार ८५० रुपैयाँ कायम भएको छ ।