राहदानी विभागले अत्यावश्यकबाहेक नयाँ मेसिन रिडेबल (राहदानी) एमआरपी नबनाउन अनुरोध गरेको छ ।

विभागले छिट्टै गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी हुने भएकाले एमआरपी बनाएर घरमा नराख्न अनुरोध गरेको हो ।

विभागले सूचना जारी गर्दै तत्काल विदेश जान आवश्यक नभएका व्यक्तिहरुले पनि बहाल अवधि सकिन लागेका राहदानीको नविकरण गर्ने गरेको पाइएकाले सो कार्य नगर्न अनुरोध गरेको छ ।