wild elephant

जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका १३ की ५० वर्षीया तीलमाया भुजेल रहेकी छिन् ।

आज बिहान ४ बजे जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । हात्तीले सोही स्थानमा तीन घर भत्काएको छ ।

हात्तीले घर भत्काउन थालेपछि बाहिर निस्किएर भाग्ने क्रममा भुजेललाई हात्तीले आक्रमण गरेको बताइएको छ ।