बारा जिल्लाका करिब एक सय भन्दा बढी गरिब तथा सुकुम्बासिहरुलाई काठमाण्डौं जाने निकै ठुलो रहर हुँन्छ । तर, कति को यो रहर रहर मैं सिमित रहन्छ ।

हो यहि काठमाण्डौं जाने र धुम्नो प्रलोवनले गरिब तथा सुकुम्बासिहरु परिवारलाई काठमाण्डौंमा कामको प्रलोवन देखाएर उनीहरु कै नागरिकता दुरुपयोग गरि उनीहरु कै नामबाट कम्पनीहरु करोडौं राजश्वको भारी बोकाउने गिरोहहरुको खुलासा भएको छ ।

कामको लोभमा पर्दा बाराको जीतपुरसिमरा, कलैया उपमहानगरपालिका, सुवर्ण, फेटा लगायत गाउपालिकाका एक सयभन्दा बढी सुकुम्बासी बस्तीका मुना चौधरीको घरमा राजस्व छलि गरेको भन्दै राजस्व कार्यालय , काठमाण्डौंबाट चिठ्ठी आयो ।

प्रत्येक दिन मजदुरी गरेर घर परिवारलाई पाल्दै आएका उनी करोडौंको मालिक रहेको र सरकारलाई करोडौं राजश्व छलि गरेको सुन्दा उनी अचम्ममा परे ।

खाएको बिष पो लाग्छ भनेर उनी आँफै काठमाण्डौं गए । काठमाण्डौं गएर जब उनी राजस्व कार्यालय पुगे तब उनीलाई समाई राजस्वले प्रहरीलाई बझायो र पुग्गे नख्खु जेलको खोरमा ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ का सुकुम्बासी सहिँत बारामा करिब १ सय ४५ जनाहरुमा माथि अहिले मुद्दा रहेको छ ।

स्था.ले.नं. ६०४२३१६६२ रहेको पंकजा टेडर्स प्रालिको सञ्चालकको मालिक आफु रहेको उनलाई जानकारी नैं छैन । नगरेको उपराधको सजायको कसुरमा उनी अहिले जेलमा छन् । उनि मात्रै होईन अहिले राजस्वकोबाट पत्र आए पछि पुरै गाउँने त्रासमा छन् । कोही व्यक्ति जेल सजाय कटाएर घर फर्की सकेका छन् । करोडभन्दा बढी राजस्व छलि गरेको मुद्दा खेप्न उनिहरु बाध्य भएका छन् । नागरिकता अपचलन गरी गरिब सुकुम्बासिहरुका नाममा फर्म खोलेर ठुलो रकम घोटाला भएको पाईए पछि उनीहरु समस्यामा परेका हुन् ।

यस्तै सरोज कुमार मिश्रको न कुनै व्यापार व्यवसाय छ, न कुनै कम्पनी तर, उनी माथी करोडैंको राजस्व चुहावटको मुद्दा दायर भएको छ । काम गरेर घर चलाउने सरोज यति खेर उच्च अदालत पाटनबाट राजस्व चुहावट मुद्दा खेपिरहेका छन् ।

काठमाण्डौं जाने लोभमा पर्दा नागरिकता लिएर उनि काठमाण्डौं पुगे , केही दिन काठमाण्डौंमा नैं रमाए कोही रकम लिएर घर आए र सथिहरुलाई समेत सुनाए र पठाए ।

उनलाई थाहा नैं भएन त्यो रमाईलोका लिगी पठाउँदै गरेका साथिहरु सहिँत आफु र पुरै बस्ती नैं नटवरलालको सिकार बनि सकेका छन् । उनीहरु सबै माथि उच्च अदालत पाटनबाट राजस्व छलि मुद्दामा परेका छन् ।

२०७४ सालमा गाउँका आफन्त पर्ने उमा शंकर सहनीले काठमाण्डौं घुमाई दिने र काम समेत दिने भन्दै काठमाण्डौं लगेका थिए । ठुलो कम्पनिमा बस्न तथा खानेको समेत व्यवस्था रहेको र महिनाको करिब २० हजार तलब दिने भनि उनीलाई काठमाण्डौं लगियो , काठमाण्डौं पुगेका सरोजलाई काठमाण्डौंमा राम सुन्दर राईले काठमाण्डौंमा घुमायका थिए ।

ठुला कम्पनी रहेकाले काम गर्न कागज भर्नु पर्ने भन्दै उनको नाममा नयाँ कम्पनी नैं खोले, त्यस पछि काम गरेको वापत तलब सिदै खातामा जाने भएकाले बैंकमा खाता खोल्न लगाए राम्रो कामको आशामा उनलाई नटवरलाहरुको गिरहोले फसाएको चालै पाएनन् ।

काठमाण्डौंको बसाई सारै रमाईले र राम्रो काम पाउँने भएकै कारण उनले नागरिता भएका साथीहरुलाई धमाधम काठमाण्डौं पठाए । सबै गए रमाईले गरे र नटवरलालको योजना अनुसार सबैले थाहा नैं नपाई कम्पनी र खाता खोल्दै आए ।

तर, केही वर्ष पछि उनिहरुको नाममा राजस्व छलि गरेको भन्दै अदालतमा मुद्दा रहेको थाहा पाए पछि सबैको आखाका तारो बनेका छन् सरोज ।

उनीहरु अदालतबाट यति धेरै रकम मेरो नाममा तिर्न भनेर आए पछि छागाबाट खसे जस्तै भएका छन् । परिवार पनि थप समस्यामा छ । उनीहरु विभिन्न ठाउँमा पुगेर नागरिकता दिएर कागजमा सहीछाप गरेका थिए ।

तर, अहिले अदालतबाट पत्र आए पछि गाउँ नैं त्रसित बनेको छ ।

काम गरेर दिनको दुई छाक खाना खान समेत निकै गार्हो रहेको सुकुम्बासी माथि करोडौंको राजस्व हिनामिना गरेको ठहर गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको सुन्दा हाँस्सो लागेको स्थानीय र जनप्रतिनिधिहरूले बताएका छन् ।

दैनिक जीवन गुजार्न समेत मुस्किल रहेको यी निरक्षर सुकुमबासिलाई ठगी र कीर्ते काम गर्ने समूहले कामको लोभ दिएर नागरिकता अपचलन गरेको छ । लोभ देखाएर नागरिकता अपचलन गरी उक्त समूहले व्यापारिक फर्म दर्ता गरेर उक्त फर्मबाट अबैध कारोवार गरेको खुलेको हो ।