यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् ।

सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा यातायात व्यवसायी मर्कामा परेको गुनासो गरेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंंघका प्रतिनिधिहरुले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको छन् ।