प्रसौनी गाउपालिकाको आठौ गाउ सभा सम्पन्न भएकाृ छ । सोमवार आफनै सभाहलमा आयोजित आठौ गाउ सभा तथा आव २०७७÷०७८ को दोश्रो गाउँ सभा सम्पन्न भएको हो ।
पानसमा दिप प्रज्जवलन गरेर गाउपालिका अध्यक्ष भोला गुप्ता तथा उपाध्यक्ष गिता साहले सयुक्त रुपमा गाउसभाको उदघाटन गरेका थिए ।
गाउसभामा बोल्दै गाउपालिका अध्यक्ष गुप्ताले कोरोनाको कहरले जुन गतिमा विकास हुनुपर्ने हो त्यस अनुरुप नभएको बताए । कोरोनाले देशभरि नै तहसनहस गरेको अवस्था अवगत नै रहेको जानकारी गराए । त्यसमा पनि कर्मचारीको अभाव सरुवाले पनि विकासको काममा अवरोध सृजना भएको बताएका छन् ।
कोरोना कहरमा पनि हामी जनप्रतिनिधि जनताको नोकर झै हरपल समाजको साथमा खटिरहेको उनले सुनाए । जनतामा राहतको साथ साथै उपचार खर्च आर्थिक सहयोग निरन्तर गाउपालिकाबाट गर्दै आएको गाउपालिका अध्यक्ष गुप्ताले जानकारी दिए । चालु आर्थिक वर्षको ७० प्रतिशत भन्दा बढि काम भईसकेको उनले बताए ।
मधेश आन्दोलनमा शहादत पाएकाहरुको समझनामा कोषको स्थापना गरि आर्थिक सहयोग गाउपालिकाले गरेको छ । गाउपालिकाका दुई सहिद दिनानाथ साह र जयप्रकाश तेलिको परिवारलाई प्रती परिवार नगद २५ हजार दिई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धनेन्द्र भुजेल,वडा अध्यक्षहरु लालबाबु मुखिया, सुरेश गुप्ता, बैधनाथ गुप्ता, आनन्द गुप्ता, सनैत साह, राममणी गुप्ता, कार्यपालिका सदस्य चन्द्रीका गुप्ता, लेखाप्रमुख प्रेम बाबू प्रसाद, जिन्सी शाखा प्रमुख लक्ष्मी साह कलवार लगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य प्रमुख सुरेश गुप्ताले गरेका थिए भने स्वागत मन्तव्य वडाध्यक्ष आन्नद कुमार गुप्ताले गरेका थिए ।