बाराको जीतपुर–सिमरा उपमहानगरपालिकामा आज फेला परेको शवको पहिचान खुलेको छ । आज बिहान जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० स्थित कुहिएको अवस्थामा शव फेला परेको थियो ।

परिवारका सदस्यले उसले लगाएको कपडाबाट बालकको शव पहिचान गरेका छन् । बालकका बुवा जाकिर हुसैनले हराएको १८ दिनपछि छोराको शव भेटिएको पुष्टि गरेका छन् ।

‘हराएको मेरो छोरा मरेको अवस्थामा भेटियो, मैले दुई वर्षसम्म लगाएको पेटी नै उसले लगाएको थियो । माथि रातो फुल भेस्ट र पहेँलो टिसर्ट लगाएको थियो, जिन्स पाइन्ट लगाएको थियो । त्यसैबाट पहिचान गर्न सफल भयौं, बालकका बुवाले बताए ।