कलैया उपमहानगरपालिका वडा नम्बर-८ का वडा अध्यक्ष ५५ वर्षीय विक्रम यादवको  मृत्यु भएको छ ।

वडा अध्यक्ष यादवको उपचारको क्रममा काठमाडौं स्थित त्रिवि शिक्षण अस्पतालमा बिहिबार विहान १० बजे मृत्यु भएको हो । लिबरमा समस्या देखिएका यादव विगत १० दिन देखि शिक्षण अस्पतालमा उपचाररत हुनु हुन्थ्यो ।

वडा अध्यक्ष यादवलाई विगत डेढ वर्ष देखि लिबरमा समस्या देखिएको थियोे ।

नेकपा एमाले बाराको जिल्ला सदस्य समेत रहनु भएका यादव स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा विजयी हुनु भएको थियो ।