बिहीबार शिवरात्रिको अवसरमा देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भिड लागेको छ । यसैबीच कलैया उपमहानरपालिका स्थित सिद्धेश्वर मन्दिरमा बिहानैदेखि शिवभक्तहरूको घुइँचो लागेको छ ।

महाशिवरात्रीको अवसरमा सिद्धेश्वर महादेव मन्दिर मा २४ घण्टे अखण्ड रुद्राभिषेक, हवन, आठ प्रहरको विशेष शिवपूजन, शप्तसती पाठ आदि धार्मिक कार्यक्रमको आयोजना गर्ने गरिएको पूजापाठ एवं धार्मिक अनुष्ठान आयोजना गरिएको छ ।