One arrested with Rs. 8 Lakh in Birgunj

हुण्डी कारोबारको आरोपमा पर्सा प्रहरीले स्रोत नखुलेको पौने ८ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले स्रोत नखुलेको रकमसहित कलैया उपमहानगरपालिका वडा नम्बर २३ बस्ने ३८ वर्षका जयराम राउत कुर्मीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कुर्मी वीरगञ्ज महानगरपालिका ६ स्थित जय माँ अम्बे ट्रेडर्समा काम गर्ने कर्मचारी हुन् ।

ट्रेडर्सका सञ्चालक भने फरार भएको प्रहरीले जनाएको छ । कुर्मीको साथबाट प्रहरीले स्रोत नखुलेको ७ लाख ७५ हजार ४७० रुपैयाँ तथा ७ हजार ४ सय भारु तथा बब्लु राजको नाममा जारी भएको २ लाख रुपैयाँको चेक र राम प्रसाद पटेलको नाममा जारी भएको ५ लाख ६० हजार रुपैयाँको चेक बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

कुर्मीविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्वको कसुरमा अनुसन्धान अगाडि बढाइएको तथा फरार रहेका ट्रेडर्सका सञ्चालकको खोजी भइरहेको खनालले बताए ।