जनता समाजवादी पार्टी, नेपालले संसदीय दलको बैठक बोलाएको छ ।
पछिल्लो राजनीतिक अवस्था र संसद् बैठकमा आगामी दिनमा खेल्ने भूमिकाबारे थप रणनीति तय गर्न जसपाले मंगलबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
बैठकमा संसदमा जसपाले खेल्ने भूमिकाबारे छलफल हुने जसपाका नेता केशव झाले जानकारी दिए ।
सर्वोच्च अदालतले आइतबार नेकपाको नामसम्बन्धी विवादमा फैसला सुनाउँदै ऋषिराम कट्टेललाई आधिकारिकता मान्यता दिएसँगै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।