बारामा १११ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कलैयाको देवकिलाल धर्मशालामा ब्रहमकुमारी राजयोग केन्द्र कलैयाले रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रमको कलैया उपमहानगरपालिका नगरप्रमुख राजेश राय यादवले दिप प्रज्जवलन गरि उदघाटन गरेका थिए । उदघाटन गर्दै यादवले रक्तदान गर्नु आवश्यक रहेको बताएका थिए ।

राजयोग केन्द्रको सञ्चालीका मिना दिदिले मानव रक्षाको लागि नभई नहुने भएकोले रक्तदान गर्नु आवश्यक रहेको बताईन । दिनहु बढदो सवारी दुर्घटनामा अकालमा ज्यान गुमाएको तथ्याङ्कले देखाउछ । दुर्घटनाको अधिकांश केशमा रगत चाहिने भएकोले पनि सवैले रक्तदान गर्नुपर्छ उनले बताईन ।

रक्तदानमा ४ महिला सहित ३० जना पुरुषले रक्तदान गरेको राजयोग केन्द्रकि सञ्चालिका मिना दिदिले जानकारी गराईन । सवै रक्तदातामा उनले अभार समेत व्यक्त गरेकि थिईन ।

रक्तदान कार्यक्रममा प्रहरी नयाव यपरिक्षक गौतम मिश्र, जगबहादुर यादव, समाजसेवी भरत मल्ल, पत्रकार राकेश पाण्डे, वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घले, सुष्मा बहन, पुर्णिमा बहन, गंगा बहन, लगायतको उपस्थित रहेको थियो ।