सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक बस्दै छ ।

स्थायी कमिटीको बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएसँगै दाहाल-नेपाल समूहले बैठक बोलाएको हो ।

बैठकमा अदालतको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल हुने जनाईएको छ ।