नेपाली काँग्रेसका पुर्व केन्द्रिय उपसभापति एवम पुर्व उपप्रधानमन्त्रि प्रकाशमा सिहले अहिले नेपाली काँग्रेस सरकारमा जानु भन्दा प्रतिपक्षको भुमिकामा रही देशलाई सहि दिशामा ल्याउन भुमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन ।

तत्कालिन कुडवा गाबिसका पुर्व प्रधानपंन्च स्व रामनारयण यादवको १३ औ पुन्गतिथीमा आयोजना गरिएको श्राद्धञ्जली सभालाई सम्बोधन गर्दै नेता सिहले काँग्रेसलाई सरकारमा जान हतार नगरी बिध्यमान संकटलाई निकास दिनतिर भुमिका खेल्नुपर्ने धारणा ब्यतm गरेका थिए ।

अहिले नेकपा औपचारिक रुपमा फुटी नसेको अवस्थामा तिनीहरुलाई नै सरकार संचालन गर्न जिम्मा दिनुपर्ने बताउदै लोकतन्त्रको रक्षा, संविधानको रक्षा गर्ने देखि देशमा देखिएका बेतिथीहरुलाई हटाउन र सही टे«कमा मुलुकलाई ल्याउनका लागि पनि यतिखेर काँग्रेसको भुमिका निकै महत्पुर्ण हुने तर्क नेता सिहले गरेका थिए ।

बिधीको शासन कायम गर्ने, प्रेस स्वतन्त्रतालाई मजगुत गर्नेका लागिपनि काँग्रेसको प्रतिपक्षको भुमिका दरिलो रुपमा प्रस्तुत गर्नुपर्ने सुझाव ब्यतm गरे । पार्टीमा देखिएको गुटपउगुटलाई चिरी एकताको पार्टी निर्माण गर्नका लागि सबैको पहल हुनुपर्नेमा जोड दिए ।

संविधानले तोकेको समयसिमामा पार्टीको अधिवेशन गरी पार्टीलाई जिवन्त राख्न सबैको सझा दायित्व रहेको बताए । फरक प्रसंगमा नेता सिहले पार्टीमा मेरो पनि ठुलो लगानी रहेको हुदा कार्यकर्ताहरुले विस्वास गर्यो भने सभापतिका लागि म पनि योग्य रहेको प्रष्ट परे ।

स्व रामनारयण प्रति तब सच्चा श्राद्धञ्जली अर्पण तब हुन्छ जब उनले देखाएको बाटोमा हिडन सकिन्छ नेता सिहले भन्दै परिवार प्रति सम्ेबेदना प्रकट गर्दे मृत आत्मको चिरशान्तिका लागि कमना समेत गरे ।

नेपाली काँग्रेस कुडवाका बुथ सभापति गोबारी राय यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामकृष्ण प्रसाद यादव, संविधान सभा सदस्यहरु डा. शोभाकर पराजुली, लालबाबु सिह, रामअयोध्या प्रसाद यादव, राजपाका महामन्त्रि जितेन्द्र सिह, प्रदेश २ का प्रदेश सदस्य बच्चा प्रसाद यादव, पुर्व जिल्ला बिकास समितिका सभापति द्धय राजेन्द्र प्रसाद यादव, छटु प्रसाद यादव, नेता रामानन्द यादव, पार्टीका सचिव मनोट भट «,क्षेत्रिय सभापति मुकेश कुसवाहा, प्रदेश सभापति फुलमहम्द मंसुर,महासमिति सदस्य उपेन्द्र जसवाल, मोरग काँग्रेसका नेता राजेश गुप्ता, महिला नेतृ निरुराय माझी, उमा दहाल, मकवानपुरका नेता प्रदीप कोईराला, नेपाल बिधार्थी संघका पुर्व महामन्त्रि कुन्दन काफले सहमहामन्त्रि राजेश रौनियार, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य सिकेन्द्र पासवान,नेबिसंघका पुर्व केन्द्रिय सदस्ययहरु प्रभुनाथ पटेल, रामाकान्त साह, रघुबिर कार्की, राजाबाबु साह,नेताहरु भागवत साह, चन्द्रिका प्रसाद गुप्तालक्षुमन जसवाल लगायतकाले श्राद्धञ्जली अर्पण गरेका थिए ।