देवताल गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालय पिप्राढीगोठको नव निर्मित भवनको एक कार्यक्रमका बिच अध्यक्ष चन्दन सिहले उदघाटन गर्नुभएको छ ।

प्राचिव कालको भिस बाबाको करिब १६ कठा जग्गामा निर्माण गरिएको सुविधा सम्पन्न १० कोठे भवनको शुक्रवार पालिकाका अध्यक्ष सिह, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले रिबन काटी उदघाटन गरेको प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साहले जानकारी दिनुभयो ।

सो अवश्रमा प्रहरी उपरिक्षक दिपेन्द्र शाही, पालिकाका उपप्रमुख रामपति देवी, वडाअध्यक्षहरु, पनालाल साह, रमेश प्रसाद यादव, अमर प्रसाद नेपाली, मिश्रीलाल सहनी, लखिन्द्र प्रसाद यादव, रामपुन पंडित, सतेन्द्र प्रसाद यादव, कार्यपालिकाका सदस्यहरु,बिभिन्न राजनितिक दलका नेताहरु, पत्रकार, नागरिक अगुवा लगायतको सहभागितामा सो कार्यालयको उदघाटन गरिएको थियो ।

उदघाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिहले भवनबाट नागरिकलाई सेवा दिन पाउनु देवताल गाँउपालिकाको शौभाग्य रहेको बताउर्दै नागरिकको कामकाज छिटो छरितो बिना झनझट गर्ने प्रतिवद्धता ब्यतm गर्नुभयो ।

जनताको कामकाजमा कुनै प्रकारको ढिलाई नगरी प्रभावकारी रुपमा जनतालाई अनुभुती हुनेगरि काम गर्न कर्मचारीहरुलाई अध्यक्ष सिहले निर्देशन दिनुभयो ।

बिकास हाम्रो पहिलो प्राथमिकता रहेको भन्दै सहयोग गर्न सबै तह तप्काका ब्यतिmहरुलाई आग्रह समेत गर्नुभएको थियो । यो पालिकालाई सुन्दर पालिकाको रुपमा स्थापित गर्ने लक्ष्यका साथ काम अगाडी बढाईरहेको भन्दै अध्यक्ष सिहले यहाँको कला, सास्कृति धार्मिक, ऐतिहासिक एवम पुरातात्वीक महत्व बोकेको ठाँउहरुलाई बाहय पर्यटकहरुलाई चिनाउने गरि काम गर्ने प्रक्रियाको थालनी गरि पालिका भरी नै सडक, बाटेघाटो, खानेपानी बिधुत, सिचाई पुल पुलेसा, निर्माण गरि अगाडी बढीरहेको जानकारी दिदै हरित नगरपालिकाको रुपमा पनि बिकास गर्ने सोच रहेको बताउनुभयो ।

उपभोक्ता समितिको मार्फत भवन निर्माण गर्नका लागि ८३ लाख ३८ हजार ८ सय ८२ रुपैया निर्माण समितिका अध्यक्ष नवलकिशोर पंडित, सचिव सिता पंडित, कोषाअध्यक्ष देवरनिया पंडित लगायतको टिमले काम गरेको थियो भने , कमपाउण्ड तथा शौचालय निर्माणमा निर्माण समितिका अध्यक्ष शिवदर्शन पंडित, सचिव रामनिवास सहनी र कोषाअध्यक्ष ममिता देवीको टिमले २९ लाख ४५ हजारको काम गरि जम्मा १ करोड १२ लाख ८३ हजार ८ सय ८२ रुपैयाका लागतमा सो भवन निर्माण गरेको अध्यक्ष चन्दन सिहले भन्नुभयो । आर्थिक बर्ष २०७५÷७६ साल देखि शुरु गरिएको काम २०७७÷७८ सालमा पालिकाको कायृालयको भवन निर्माण सम्पन्न भएको हो ।