बारामा एक जना समाजसेवीद्धारा सडक नालाको शिल्यानास गरिएको छ । कलैया उपमाहनगरपालिका वडा नम्वर ३ स्थित शितलामाई मन्दिरको पश्चिम तर्फको बाटो नालाको समाजसेवी गोपाल प्रसाद अग्रवालद्धारा शिल्यानास गरिएको छ ।

वडा नम्वर ३ मा भौतिक पुर्वाधारमा बढि चासो दिएको देखेर मन हर्शित भएको समाजसेवी अग्रवाल बताउछन । अहिलेको युवा पिढिको सकारात्मक सोच सराहनिय रहेको बताए । समाजमा परिवर्तन ल्याउन युवा पिढि अगाडि आउनुपर्ने समेत सुझााएका थिए । नगरको विकासको लागि समेत युवाको काधमा जिम्मेवारी आए कलैयाको मुहार फेर्न समय नलाग्ने उनले बताए ।

आफु सदैव समाजको लागि गर्दै आएको र समाजका अग्रजको सल्लाह अनुरुप विकासको काममा तिव्रता दिएको वडाध्यक्ष जलाउदिन मसुरले बताएका छन् । समाजमा परिवर्तन ल्याउन हरदम तल्लिन रहेका समाजसेवीसँग शिल्यानास गराउदा आफैमा गर्वको कुरा रहेको उनले बताए ।

अलिलका दिनेश यादव, स्थानिय छविलाल पटेल, प्रभु पटेल उपभोक्ता समितिका अध्यक्ष रामानन्द प्रसाद पटेलको समेत सहभागिता रहेको थियो ।