नेपाल प्रहरीले एक महिनाको अवधिमा करिव एक करोड बराबरको राजस्व संकलन गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यलय बाराले विभिन्न मितिमा करिव एक करोड बराबरको राजस्व संकलन गर्न सफल भएको हो ।

प्रहरी कार्यलयमा जिम्मेवारी सम्भालेका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले आउने बित्तिकै आपना मातहतका सवै युनिटहरुलाई चुस्तदुरुस्त डिउटी गर्न निर्देशन दिएका थिए ।

आफुले डिउटीमा कुनै किसिमको कम्प्रोमाईज नगर्ने कसैले पनि गलत गरेको भेटिएपनि ठाउको ठाउ कारवाहि गर्ने समेत बताएका थिए । सोही क्रममा जिल्लाका सिम्रौनगढ, पचरौता, कवहिगोढ, मुसरहवा लगायत विभिन्न युनिटबाट करिव एक महिनाको अन्तरालमा विभिन्न शिर्षकमा करिव एक करोड बराबरको राजस्व संकलन गर्न सफल प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी गराएका छन् ।

आईतवार सवारी साधन चेकजाँचको क्रममा फेटा गाउँपालिका ५ दशगजा क्षेत्रबाट प्रहरीले बिआर ०५ वाई ६४१७ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाईकलमा सवार रहेका भारत बिहार मोतिहारी जिल्ला हरपुर १० घोडासहनका अरबिन्द महतो र एक जना नावलक सहित स्रोत नखुलेको ४९ लाख रुपैया पकाउ गरेको रहेको प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी गराएका छन् ।

बरामद गरिएको रकम मध्ये एक हजारको १९ सय २३ , पाँच सयको ५७ सय चार, सयको १२ सय र ५० को सय थान गरि ४९ लाख रहेको उनले बताए ।

विगतमा स्रात नखुलेका रकम बरामद गर्दा मानिस पक्राउ गर्न सकिएको थिएन तर यसपालि हामी मानिस सहित पक्राउ गरेको छौ । त्यस्तै विभिन्न मितिमा डाईजेपम दुई सय ९६ पिस, नुर्फिन दुई सय ९४ पिस, फेनाार्गन दुई सय ९८ पिस, नाईट्रोभेट पाँच सय ७६ पिस लगायतको लागु औषध सहित एक जना मानिस पक्राउ गर्न सफल भएको उनले बताए ।

कितृ, जालसाजी, लुटपिट, लागुऔषध लगायत विभिन्न मुद्धामा कैद जरिवानाको लागि फरार ६ जना र चाालु मुद्धामा फरार ५ जनालाई समेत पक्राउ गरि अदालतमा पेश गरिको प्रहरी उपरिक्षक शाहीले जानकारी गराएका छन् ।

जिल्लामा अवैध तरिकाले सँचालन गदै आएका २४ वटा भटिहरु समेत नष्ट गरिएको उनले बताए । घरेलु मदिरा ८ सय लिटर र सात हजार दुई सय ५० लिटर कच्चा पदार्थ बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको छ ।