Communist carders arrested in Kalaiya

नेपाल बन्द आवहान गरेका नेकपा प्रचण्ड, माधव नेपाल समुह बाराका ८ जना नेता पक्राँउ परेका छन् ।

पार्टीले घोषणा गरेको हड्ताल सफल बनाउन भरतचोकमा जम्मा भई सडकमा गाडी चल्नमा अवरोध गरेपछि तिनीहरुलाई पक्राँउ गरिएको हो  ।

पक्राउ पर्नेहरुमा नेकपाका कलैया उपमहानागरपालिका नगर अध्यक्ष जवाहिर अंसारि, सचिव मुकेश साह , बैजनाथ साह, राजेश पटेल, हरिओम साह, सन्दिप यादव अरुण खनाल र महम्द अंसारीलाई प्रहरीले पक्राँउ गरेका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

पक्राँउ परेका ती सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको प्रवक्ता मिश्रले बताए ।