बारामा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समर्थकले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै स्थाइ कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो अनुकुल सिङ्गो पार्टी हाक्ने प्रयासलाई कदापी सफल हुन नदिने बताएका छन् ।
मुठीभर झोले नेताहरुलाई लिएर पार्टी फुटाउने जुन दिवा सपना हेर्नु भएको छ, त्यो कदापि सफल नहुने उनले बताए । प्रधानमन्त्रीले गरेको गल्ती आत्मसात गरि फर्किने हो भने पार्टीमा एकजुटको ढोका खुल्ला नै रहेको स्थाइ कमिटी सदस्य पौडेलले जानकारी गराएका छन् ।
संविधानको धारामा नै नभएको धारा लगाएर गरेको संसद विघटन असवैधानिक रहेको नेकपाका केन्द्रिय सदस्य तथा बारा सहईन्चार्ज गोपाल ठाकुरले बताएका छन् । प्रधानमन्त्रीले चालेको असवैधानिक कदमको घोर भत्सर्ना गर्दै चाडै नसच्याए देशमा ठुलो दुर्घटना हुन सक्ने उनले बताए ।
प्रधामन्त्री ओलीको गैर जिम्मेवारीपनको पराकष्ठाले सिङ्गो पार्टी नै बदनाम भएको सचिव मुकेश साहले बताए । यस्तो हैकमबाजी प्रधानमन्त्रीलाई आफुहरुले नमान्ने उनले बताए । आफनो निजि स्वार्थको लागि सिङ्गो पार्टीलाई विश्व सामु बदनाम गरेको आरोप लगाए ।
उपहानगरका अध्यक्ष जवाहिर अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य दिनेश राई, नेकपा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ, पुर्ब खेलकुद मन्त्री पुर्षोतम पौडेल, प्रदेश कमिटी सदस्य शिव चन्द्र कुशवाहा, देबेन्द्र पराजुली, राजन पौडेल, प्रभु यादव, छटु यादव, रबि दंगाल, गिता कडेल, बिरगंज महानगर अध्यक्ष रहबर अंसारी, जिल्ला कमिटी सदस्य देवनारायण चौधरी, महम्मद सम्मिउलाह, हसनजान अंसारी, धुर्ब यादव, आबिद हुसैन अंसारी लगाएतका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य तथा उपमहानगर सचिव मुकेश साहले गरेका थिए ।