नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । स्थायी कमिटी सदस्य भीम रावलका अनुसार बैठक दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्न लागेको हो ।

अर्का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणमा गर्न लागिएको आन्दोलनबारे छलफल गरिने जानकारी  दिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको केन्द्रीय संघर्ष समितिले शनिबार दोश्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको थियो।