Women's Cricket Tournament

दाङको लमहीमा जारी प्रधानमन्त्रीकप महिला क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

खेलमा प्रदेश १ ले वाग्मतीलाई ४६ रनले हराएको छ । यस्तै आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकीलाई ५९ रनले हराएको छ ।

लमहीमा सुदूरपश्चिमले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकीले ६ विकेट गुमाएर जम्मा ४८ रन मात्रै बनाउन सक्यो ।

समूह बी का खेल आजदेखि सुरु भएको हो ।