Corona Update Nepal

नेपालमा गत २४ घण्टामा ७०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ६,१३५ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।

हालसम्म नेपालमा १९ लाख २१ हजार ३६७ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।